काठमाडाैं- नेपालमा छ हजार ६५३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
गत २४ घण्टाभित्र गरिएको २० हजार ८१३ जनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार उक्त अवधिमा १४ हजार १८२ जनाको पीसीआर परीक्षण गर्दा चार हजार ६२४ जनामा कोरोना पोजिटिभ देखिएको छ। यस्तै छ हजार ६३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट दुई हजार २९ जनामा संक्रमण पुष्टि भएको छ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच लाख ८१ हजार ५६० पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।