वीरगञ्ज– बितेका २४ घण्टाभित्र वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत पाँच कोरोना संक्रमितको मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या तथा कडा निमोनियाबाट ग्रसित रहेका चार पुरुष र एक महिला संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका दुई र रौतहटका तीन कोरोना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिए।
मृत्यु हुनेमा वीरगञ्ज–१६ नगवाका ५५ वर्षीय पुरुष, वीरगञ्ज–१७ अलौका ८० वर्षीय पुरुषरहेको उनले बताए।
त्यसैगरी, रौतहटको गौर नगरपालिका–७ की ७० वर्षीया महिला, बरथवा नगरपालिका–५ निवासी ५५ वर्षीय पुरुष र रौतहटकै रौधामाई नगरपालिका–६ निवासी ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।