काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलले पीसीआर परीक्षण नघटेको दाबी गरेका छन्।
उनले संक्रमणका लक्षण भएका व्यक्ति परीक्षण गर्न नआएको अथवा निषेधाज्ञाको कारण परीक्षण केन्द्रसम्म जान नसकेकाले केही कमि देखिएको बताए।
गएको हप्तादेखि परीक्षण घटेको भनेर आलोचना भइरहेका बेला मन्त्रालयका प्रवक्ताले यस्तो दाबी गरेका हुन्।
सरकारले पीसीआर परीक्षण घटाउने नभइ बढाएको र एन्टीजेन परीक्षण पनि ७७ वटा जिल्लामा पुगिसकेको प्रवक्ता पौडेलले बताए।
बुधबार मात्र १६ हजार ८७८ वटा नमुना परीक्षण गर्दा ५ हजार ३१६ जनामा संक्रमण देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।