काठमाडौं– नेपाल स्काउटले काठमाडौंमा पनि कोरोना संक्रमणबाट निधन भएकाको शव व्यवस्थापन सेवा आरम्भ गरेको छ।
यसअघि प्रदेश नम्बर १ को विराटनगरमा यो सेवा शुरु गरेको सो संस्थाले बुधबारदेखि काठमाडौंमा पनि शुरु गरेको हो।
बुधबार स्काउटका बागमती प्रदेश संयोजक केशरत्न बज्राचार्यसहितको टोलीले सङ्क्रमणपछि ग्राण्डी अस्पतालमा उपचाररत भइ मङ्गलबार निधन भएका ५८ वर्षीय पुरुषको शव व्यवस्थापन गरेको हो।
मृत्युपश्चातको परीक्षणमा ती पुरुषमा कोरोना नेगेटिभ देखिएको थियो। ती पुरुषको शव नेपाली सेनाले व्यवस्थापन नगरेको र परिवारजनमा कोभिडको त्रास भएकाले स्काउटको टोलीले शव व्यवथापन गरेको हो।
गत दुई सातादेखि गैह्रकोभिड बिमारीलाई एम्बुलेन्स सेवा दिँदै आएको तालीम प्राप्त टोलीले बुधबार शव व्यवथापनको कार्य गरेको टोलीनेता बज्राचार्यले बताए।
हालसम्म नेपाली सेनाले शव व्यवस्थापनको सम्पूर्ण कार्य गर्दै आएकामा त्यसमा सघाउन सेनाबाटै तालीम लिएर यो सेवा पनि शुरु गरेको स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।