फाइल तस्वीर।
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार २१९ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ६१ हजार ५६३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै छ। २४ घण्टामा ५ हजार ३१६ जना संक्रमित थपिएका छन्।
नेपालमा जम्मा संक्रमितको संख्या भने ५ लाख ७१ हजार ९०३ पुगेको छ। यसमध्ये ७ हजार ५५५ जनाको निधन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।