काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४५६ कोरोना संक्रमित थपिएका छन्।
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी १ हजार ४५६ जनामा संक्रमण पुष्टि भएकाे हाे।
थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका ९६९ रहेका छन्। यस्तै, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै १०१ जना संक्रमितको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।