काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड १९ का लागि चीनमा विकास भएको अर्को एक खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ।
चिनियाँ फार्मा कम्पनी सिनोभ्याकले तयार पारेको सिनोभ्याक्सलाई डब्लूएचओले आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो।
यसअघि चीनको सिनोफार्म नामको कम्पनीले बनाएको खोपलाई पनि विश्वभर प्रयोगका लागि अनुमति दिइएको छ।
डब्लूएचओले सुरक्षा तथा प्रभावकारिताको हिसावले अन्तर्राष्ट्रिय मानकहरु पूरा गर्न सिनोभ्यास पूर्ण रुपमा सफल भएको पनि बताएको छ।
योसँगै अब चीनका मात्र दुई खोप विश्वभर मान्यता पाएका छन्।स्वीकृति पाएसँगै अब चीनले यो खोप अन्य देशलाई पनि पठाउन सक्ने भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।