काठमाडाैं- कोभिड-१९ भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसी (म्यूकरमाइकोसिस)को संक्रमण नेपालमा अहिले केही मानिसमा पुष्टि भएको छ।
यो संक्रमण विरलै देखिन्छ तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकोले समयमा नै ध्यान पुर्याउनु आवश्यक रहेको चिकित्सकहरु बताउँछन्।
तर, कालो ढुसी कोरोना संक्रमणजस्तो एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सर्दैन।
कालो ढुसीका सामान्य प्रारम्भिक लक्षणहरू
- अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने।
- ज्वरो आउने।
- आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने।
- आँखाको ढकनी सुनिने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने।
- नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने।
- दाँत दुख्ने वा हल्लिने।
कस्ता व्यक्तिमा बढी जोखिम?
- ४५ देखि ६५ उमेर समूह।
- मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु।
- धेरै खाले एन्टिवायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरु।
घरमा आइसोलेसनमा बस्दा अपनाउन सकिने रोकथामका उपायहरु
- सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने।
- नियमितरूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने।
- व्यक्तिगत स्वच्छतामा ध्यान दिने।
- घरबाहिर वा फोहरमा काम गर्नु परे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने।
- धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने।
- नुनिलो पानीले नाक सफा गर्ने।
- पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने।
- जथाभावी स्टेरोइड र एन्टिवायोटिक प्रयोग नगर्ने।
- मधुमेह भएका बिरामीले मधुमेह नियन्त्रणमा राख्ने।
- स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।