काठमाडौं- सरकारले जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीन सरकारले अनुदानमा दिएको भेरोसेल खोप जेठ २५ गतेदेखि लगाउने निर्णय भएको हो।
मन्त्रालयका अनुसार नेपालभरका ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई खोप लगाइने छ। खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजपत्र वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य साथमा लिएर जानु पर्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले यसपटक खोपको दोस्रो मात्रा सुनिश्चत गरेर पहिलो डोज दिन लागेको हो। चीन सरकारले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।