काठमाडाैं- नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८५ जना संक्रमित थपिएका छन्।
साेही अवधिमा ६ हजार ८९८ निको भएका छन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ।
नेपालमा अहिलेसम्म संक्रमित हुनेको संख्या भने ५ लाख ६६ हजार ५८७ रहेको छ। यसमध्ये ७ हजार ४५४ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।