काठमाडौं– अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको निधन भएको छ। कोभिड–१९ संक्रमणका कारण लामो समयदेखि गंगालाल अस्पतालमा उपचाररत उनको निधन भएको हो।
झन्डै एक महिनादेखि कोरोना संक्रमणसँग जुधिरहेका उनको उपचारका क्रममा अस्पतालमै निधन भएको पारिवारिक स्रोतले बताएको छ।
थापा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक थिए। उनले एसियाली विकास बैंकको नेपाल प्रतिनिधि भएर मनिलामा काम गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।