काठमाडौं- विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। तर, उनको स्वास्थ्यमा भने सुधार हुन सकेको छैन।
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेका अनुसार थापाको शरीरमा भाइरसले दीर्घकालीन क्षति गरेकाले समस्या भएको हो। थापाको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ।
उनलाई रगतबाट अक्सिजन दिने विधिबाट उपचार भइरहेको चिकित्सकहरूलाई उदृत गर्दै पाण्डेले बताएका छन्।
'उहाँको स्वास्थ्योपचार भेन्टिलेटर र इक्मो विधिबाट जारी छ। अत्यन्त जटिल स्थितिमा पनि चिकित्सकहरु हरसंभव प्रयासमा छन्', पाण्डेले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
कोरोना संक्रमित भएपछि ह्याम्स अस्पताल भर्ना भएका थापालाई त्यसपछि ग्राण्डी अस्पताल लगिएको थियो। उनलाई ग्राण्डीबाट मेडिसिटी रेफर गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।