काठमाडाैं- पछिल्लाे २४ घण्टामा गण्डकी प्रदेशमा थप ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेशमा मनाङ र मुस्ताङ बाहेका ९ जिल्लामा १ हजार ८३२ जनामा गरिएको नमुना परीक्षण गर्दा ३५१ पुरुष र ४९१ जना महिलामा कोरोना पुष्टि भएकाे हाे।
प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माका अनुसार कास्कीमा १५६, म्याग्दी ३८, स्याङ्जा ६७, बाग्लुङ ११०, पर्वत ३६, तनहुँ ६१, गोरखा २४०, लमजुङ ३७ र नवलपुरमा ९७ जनामा संक्रमण पुष्टि भएकाे छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४२ हजार ५२४ पुगेको छ।
पछिल्लो २४ घण्टामा ९५९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ३१ हजार १९१ पुगेको छ।
साेही अवधिमा १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६७८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।