काठमाडौं– नेपालमा थप ४ हजार ७६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा थप ४ हजार ७६२ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरी १५ हजा ५५ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पीसीआर परीक्षणबाट ४ हजार १७८ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी २ हजार ४२५ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ५८५ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।