काठमाडौं– नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआईजी) रमेश खरेल कोरोना भाइरसको संक्रमण मुक्त (निको) भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।
कोरोना भाइरसको संक्रमणपछि १७ दिनको अस्पताल बसाइपछि खरेल सोमबार डिस्चार्ज भएका हुन्।
कोरोना संक्रमणपछि निमोनियाका कारण खरेलको फोक्सोमा समस्या देखिएको थियो । नेपाल प्रहरी अस्पतालमा २ सातासम्म आईसीयूमा राखेर उपचार गरिएपछि खरेलको स्वास्थ्यावस्थामा सुधार आएको थियो ।
अस्पतालबाट डिस्चार्ज भएका खरेलले आफू अहिले पनि पूर्ण स्वस्थ नभए पनि स्वास्थमा धेरै सुधार भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।