काठमाडौं– चीनले अनुदानमा दिएको खोप लिन नेपाल वायु सेवा निगमको जहाज आज (सोमबार) बेइजिङ जाँदै छ।
आज राति ११ बजे जाने विमान चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज लिएर मंगलबार नेपाल आइपुग्ने विमानस्थल कार्यालयले जनाएको छ।
चीनले नेपाललाई दिने घोषणा गरेको १० लाख डोज खोपमध्ये ८ लाख खोप मंगलबारसम्म नेपालमा आइपुग्ने सरकारी अधिकारीले बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत २६ मेमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन वार्तामा चीनका राष्ट्रपति सीले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।