• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सरकारले भन्यो– कोभिसिल्डको पहिलो डोज लगाएका साढे १३ लाखलाई तत्काल दोस्रो डोज दिन सकिन्न

64x64
नेपाल लाइभ आइतबार, जेठ १६, २०७८  १८:२९
1140x725

काठमाडौं– कोरोना भाइरसविरुद्धको खोप (कोभिसिल्ड) लगाएका साढे १३ लाखभन्दा बढी नागरिकले तत्काल दोस्रो डोज नपाउने भएका छन्। सरकारले नै कोभिसिल्डको पहिलो डोज लगाएका साढे १३ लाखभन्दा बढी नागरिकलाई तत्कालै दोस्रो डोज उपलब्ध गराउन नसिकेन घोषणा गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले कोभिसिल्ड खोप तत्काल उपलब्ध हुन नसक्ने बताए। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लाइभ अपडेटमा बोल्दै डा पोखरेलले कोभिसिल्ड खोप तत्काल उपलब्ध हुने सम्भावना नरहेको बताएका हुन्। 

सरकारले गत फागुन २३ गतेपछि देशभरमै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्यूटबाट उत्पादित कोभिसिल्ड खोप लगाउन शुरु गरेको थियो। यस्तै, १४ जिल्लामा ५५ वर्षका माथिका व्यक्तिलाई पनि खोप लगाउन थालिएको थियो।

कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका ६५ वर्ष र १४ जिल्लाका ५५ वर्षमाथिका गरी साढे १३ लाख व्यक्तिले तत्कालै दोस्रो डोज लगाउनुपर्ने भएको छ। तर, सरकारले भने ती व्यक्तिलाई अहिलेकै अवस्थामा खोप उपलब्ध गराउन नसकिने बताएको हो। 

विश्व स्वास्थ्य संगठनले खोपको पहिलो मात्रा लगाएको ८ देखि १२ हप्तासम्ममा दोस्रो मात्रा लगाउनुपर्ने जनाएको छ। तर, दोस्रो डोज लगाउनका लागि भारतीय कम्पनीबाट खोप प्राप्त हुन नसकेको डा पोखरेलेको भनाइ छ। 

कोभिसिल्ड खोपको विकल्पमा विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका र कोभ्याक्सबाट उपलब्ध हुने अन्य खोप प्राप्त गर्ने विषयमा दाताहरुसँग छलफल भइरहेको डा पोखरेलले जानकारी दिए। 

खोपको विषयमा डा पोखरेलको भनाइ उनकै शब्दमा– 

सबै नागरिकले खोप कहिले लगाउने ? नेपाल सरकारले के गरिहेको छ ? भनेर प्रश्न गर्ने गर्नुभएको छ। हामी सबैलाई थाहा छ, गत वर्षदेखि नै, यो महामारीको शुरुवातासँगै, विश्वमा अब खोप उत्पादन हुने र प्राप्त हुने जानकारी आएलगत्तै नेपाल सरकारले नेपाली नागरिकहरुमध्ये १५ वर्ष माथिकालाई  खोप लगाउने कार्यक्रम स्वीकृत गरेको र बजेटको व्यवस्था गरेको थियो। सरकारले खोप कार्यक्रम पनि संचालन गरिसकेको अवस्था छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर, अहिलेसम्म १८ वर्षभन्दा माथिका नागरिकका लागि मात्रै खोप उपलब्ध भएकाले १८ वर्षभन्दा मुनिका व्यक्तिलाई लगाउने खोप परीक्षणको चरणमा नै  रहेको छ। नेपाल सरकारले उच्चस्तरीय संयन्त्रहरु प्रयोग गरेर खोप प्राप्तीका लागि प्रयास गरिरहेको छ। राष्ट्रपतिबाट पनि आफ्ना सहकक्षीमाफर्त भारत, चीन, अमेरिका लगायतका देशमा खोप प्राप्तीका लागि कुराकानी भएको जानकारीमा आएको छ।

स्वास्थ्य मन्त्रालयले कूटनीतिक पहल गरेको छ। खदिरका लागि पनि कम्पनीहरुसँग  स्वास्थ्य सेवा विभागले सम्पर्क गरिरहेको छ।

यस्तै, कोभ्याक्स फ्यासिलिटीसँग स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागले समय–समयमा हाम्रो आवश्यकतालाई ध्यानमा राख्दै तत्काल नभइ नहुने खोपको बारे, महामारीको अवस्थाको बारेमा जानकारी गराएर पत्राचार भइरहेको छ।

तर, हामीलाई कहिलेसम्म, कति खोपहरु आउने भन्ने यकिन जानकारी सहितको चिठ्ठी (पत्र) भने प्राप्त हुन सकेको अवस्था छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कोभिसिल्ड खोप लगाएका ६५ वर्षभन्दा माथिका नागरिकले ‘दोस्रो खोप कहिले पाउने ?’ भनेर प्रश्न गर्नुभएको छ। हामीले १४ जिल्लामा ५५ वर्षभन्दा माथिका नागरिकहरुलाई र अन्य बाँकी जिल्लाहरुमा ६५ वर्ष माथिका नागरिकलाई कोभिसिल्ड खोप लगाएका थियौं। त्यो खोप लगाएपछि विश्व स्वास्थ्य संगठनले ८ देखि १२ हप्तामा दोस्रो मात्रा लगाउन भनेको थियो। 

हामीले त्यसैअनुसार निर्देशिकाहरु बनाएर जानकारी गराएका थियौं। अब करिब ११ हप्ता वितिसकेको छ। फागुन २३ भन्दा पछि खोप प्राप्त गर्नुहुने हाम्रा ज्येष्ठ नागरिकहरु तथा नागरिकले खोप लगाउने मिति नजिकै आउँदा पनि, अहिलेसम्म हामीले विभिन्न प्रयास गर्दा पनि, तत्कालै कोभिसिल्ड खोपको दोस्रो मात्रा उपलब्ध हुने सम्भावना तत्काल नदेखिएको अवस्था छ। 

तर, नेपाल सरकारले  त्यसको विकल्पमा विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका र कोभ्याक्सबाट उपलब्ध हुने अन्य खोपहरुको विकल्पको बारेमा दाताहरुलाई, विशेष गरेर कोभ्याक्स फ्यासिलिटीलाई– हामीलाई नभइ नहुने करिब  साढे  १३ लाख नागरिकलाई दोस्रो मात्रा लगाउनका लागि  कुनै पनि अवस्थामा कोभिसिल्ड, एस्ट्राजेनिका वा एस्केबायो एउटै प्रकृतिको खोप उपलब्ध गराइदिनु भनेर पहल गरिरहेका छौं।

यसमा सकारात्मक जवाफ आएपनि  प्राप्त हुने मिति हामीलाई जानकारी आएको छैन। खोप प्राप्त हुनेवित्तिकै १२ हप्ता कटेपनि पहिलो मात्रा लगाएकालाई खोपको दोस्रो मात्रा लगाउने तयारी गरेका छौं।

भारतमा १६ हप्तासम्ममा पनि खोप लगाउँदा त्यसको प्रभावकारीता शुन्य हुँदैन र रोगबाट बचाउन  मद्दत पुर्‍याउँछ भनेर प्रमाणित भएको छ। 

यस्तै, कुनैपनि खोप नपाएको ६० देखि ६४ वर्षका नागरिकले ‘कहिले खोप पाउने?’ भन्ने प्रश्न पनि आएको छ। हामी सबैलाई जानकारी भएकै कुरा हो। छिमेकी मुलुक चीन सरकारबाट केही खोप प्राप्त हुने र खरिदका लागि पनि प्रक्रियाहरु अगाडि बढेको अवस्था छ।

अमेरिकी सरकारसँग पनि कुराकानी भइरहेको र हामीलाई खोप प्राप्त हुने सम्भावना देखिएको छ। अब आउने खोप त्यो समूहलाई लगाउन प्राथमिकीकरण तोकिएको छ।

यस्तै, भेरोसेल खोप लगाएर देशका विभिन्न भागमा बसेका नागरिकलाई दोस्रो मात्रा लगाउन सरकारले स्थानीय सरकारसँग समन्वय गर्ने क्रममा बागमती प्रदेशका ७ जिल्लामा पहिलो र दोस्रो चरणमा खोप कार्यक्रम सञ्चालन गरेका थियौं।

त्यो बीचमा निषेधाज्ञा लागू भएपछि नागरिकहरु विभिन्न जिल्लामा गएका कारणले  उनीहरुका लागि र विभिन्न मेडिकल कलेजहरुमा काम गर्ने स्वास्थ्यकर्मीका लागि प्रदेशमा खोप पठाउने निर्णय गरिसकेका छौं। खोप प्राप्त गरेपछि छुटेका नागरिकले खोप लगाउन सक्नुहुनेछ।

हामीले भेरोसेलको दोस्रो मात्रा ४ हप्तामा लगाउने भनेका थियौं। ४ हप्ताभन्दा केही ढिला भयो। तर, केही विग्रिदैन, खोप प्राप्त हुनेवित्तिकै लगाउनु पर्छ। यसको प्रभावकारिता केही कम भएपनि प्रभावहीन भने हुँदैन।

बालबालिकाहरु संक्रमण हुने संख्या बढ्दै आएको छ। विद्यालय अहिले बन्द छ। विद्यालय खुल्दा बालबालिकाका लागि खोपकोव्यवस्था के छ? भनेर पनि प्रश्नहरु आएका छन्।

हामी सबैलाई थाहा छ– १८ वर्ष मुनिका बालबालिकाहरुका लागि खोपको परीक्षण भएपनि अहिले विश्व बजारमा लगाउने विषयमा कुनै निर्णय भएको छैन। त्यसैले १८ वर्षमुनिकालाई खोप उत्तम विकल्प भएपनि लगाउन सक्ने अवस्था छैन। त्यसैले जनस्वास्थ्यको मापदण्ड पालना गरेर उहाँहरुलाई जोगाउनु नै उत्तम विकल्प हुनेछ।

सामाजिक सञ्जाहरुमा खोप लगाएपछि संक्रमण बढेको भन्ने नकारात्मक सन्देश प्रवाह भएको पाइएको छ। खोप लगाएर संक्रमण बढ्दैन। 

कोरोना विरुद्धको खोप लगाएपछि मृत्यु हुने सम्भावना करोडौंमा एक हुनसक्छ। त्यसैले खोप लगाउनुपर्छ।

कोभिसिल्ड खोप लगाएपछि जोनसोन एण्ड जोनसोनको खोप लगाउने कुराको विषयमा– जोनसोन एण्ड जोनसोन फरक खालको भ्याक्सिन भएकाले कोभिसिल्ड लगाएकाहरुलाई यो खोप लगाइदैन। नेपाल सरकारलाई यो खोप प्राप्त भयो भने नयाँ समुहलाई लगाउने छौं।

खोप लगाएकामा पनि संक्रमण भएको कुरामा– केहीलाई संक्रमण भएपनि दुवै डोजको खोप लगाउनेलाई संक्रमणको जोखिम कम छ। संक्रमण भएपनि अस्पतालमा भर्ना हुनुपर्ने तथा मृत्यु हुने दर पनि कम छ।

तर, कुनैपनि खोप सतप्रतिशत हुँदैन। तर, केही बचाउन सकिने भएकाले खोप लगाउनुपर्छ।

स्थानीय तहले आफैंले खोप खरिद गर्ने भन्ने जानकारी गराएकोमा स्थानीय तहले खोपको लागि बजेट छुट्याउने कुरा राम्रो हो। तर, सबै स्थानीय तहले आफैंले खोप खरिद गर्ने प्रक्रिया, भण्डारण, प्राविधिक कुरा, कोल्डचेनको व्यवस्थापन र त्यसबाट हुने जोखिम नियन्त्रण गर्न सम्भव नहुने भएकाले स्वास्थ्य मन्त्रालयले नै पहिला नै सबै नागरिकलाई खोप लगाउने घोषणा गरिसकेको भएर खोप लगाउन स्थानीय तहले स्वास्थ्य मन्त्रालयलाई नै सहयोग गर्नुपर्ने हुन्छ।

 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्