काठमाडौं– नेपालमा थप ४ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा थप ४ हजार ३६९ जनामा संक्रमण भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९८६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर विधिबाट गरिएको नमूना परीक्षणका क्रममा ३ हजार ७०२ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, सोही अवधिमा देशभर १ हजार ७८४ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा अधिकारीले जानकारी दिए। एन्टिजेन परीक्षणबाट ६६७ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।