काठमाडौं– भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ।
पछिल्लो २४ घण्टाभित्र त्यहाँ १ लाख ७४ हजार ४१ जना नयाँ संक्रमित थपिएका हुन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ७८ लाख नाघेको छ।
नयाँ संक्रमितको संख्या केही घटे पनि दैनिक मृतकको संख्या भने घट्न सकेको छैन। भारतमा पछिल्लो २४ घण्टामा ३६ सय १४ को मृत्यु भएको छ।
योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख २५ हजार नाघेको छ। संक्रमितमध्ये २ करोड ५४ लाखभन्दा बढी निको भइसकेका छन् भने २१ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।
विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ४० लाखभन्दा बढी संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ करिब १२ हजार संक्रमित थपिएका छन् भने ३४६ जनाको मृत्यु भएको छ।
तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ६४ लाख संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ७८ हजारभन्दा बढी संक्रमित थपिँदा १९ सयभन्दा बढीको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।