काठमाडौं- नेपालमा थप ६ हजार ९५१ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरूमा संक्रमण पुष्टि भएको हो।
१९ हजार ३१३ जनामा आरटी-पीसीआर र ७९७ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट ६ हजार ८५५ र एन्टिजेन परीक्षणबाट ९६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेही अवधिमा ९ हजार ८४१ जना संक्रमित निको भएका छन्। यससँगै नेपालमा ५ लाख ४९ हजार १११ जनामा संक्रमण पुष्टि भएकोमा ४ लाख २८ हजार ६७० जना निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।