काठमाडौं- चीनले नेपाललाई दिने कोरोनाविरुद्धको १० लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको विमान सोमबार बेइजिङ जाने भएको छ।
गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनिया समकक्षी सी चिनफिङबीच भएको टेलिफोन संवादपछि चीनले नेपाललाई अनुदानमा १० लाख डोज खोप दिने घोषणा गरेको थियो।
साेही खोप लिन निगमको ए-३३० जहाज सोमबार बेइजिङ जाने निगमका अपरेसन विभाग प्रमुख दीपु जुवार्चनले बताए। उक्त जहाज खोप लिएर मंगलबार फर्किनेछ।
यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज भेरोसेल खोप अनुदानमा दिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।