काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर नर्समाथि भएको आक्रमणको निन्दा गरेका छन्।
महामारीका बेला जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु दुखद् भएको उल्लेख गर्दै देउवाले घटनामा संलग्नलाई कारबाहीको समेत माग गरेका हुन्।
घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाहीको मागसमेत देउवाले गरेका छन्।
‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो। यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मी बिरामीको उपचारमा दिनरात खटेका छन्,’ सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।