काठमाडौं– फ्रान्सकाे औषधि उत्पादक कम्पनी सानोफी र ग्लाक्सोस्मिथक्लाइनले बिकास गरेको कोभिड–१९ विरुद्धको खोपको अन्तिम परीक्षण शुरु हुने भएको छ। खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण शुरु गर्न लागेको कम्पनीले जनाएको छ।
केही साताभित्रै गर्न लागिएको यस परीक्षणका लागि संयुक्तराज्य अमेरिका, एसिया, अफ्रिका र दक्षिण अमेरिकाका ३५ हजार वयस्क व्यक्ति छनोट गरिएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार यो चरणको परीक्षणमा खोपको प्रभावकारिता अध्ययन गरिनेछ।
साथै, कोभिड–१९ का नयाँ स्वरुप (भेरिएन्ट) मा खोप प्रभावकारी बन्छ वा बन्दैन भन्ने पनि अध्ययन गरिनेछ।
परीक्षण सफल भए यसै वर्षको अन्त्यसम्ममा खोपलाई नियामक निकायले आमप्रयोगका लागि अनुमति दिने विश्वास कम्पनीको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।