काठमाडाैं- कोरोना नियन्त्रण तथा रोकथामका लागि सिन्धुपाल्चोक जिल्लामा जारी निषेधाज्ञा पुनः एकहप्ता थप गरिएको छ।
जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले यही जेठ २१ गते राति १२ बजेसम्म निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले काेराेना संक्रमण नघटेकाे भन्दै जारी निषेधाज्ञा एकहप्ता थपिएको जानकारी दिए।
जिल्लामा गत वैशाख २३ गतेदेखि जारी निषेधाज्ञा शुक्रबार १४ सम्मका लागि जारी गरिएको थियो।
जिल्लामा संक्रमितकाे संख्या हालसम्म २ हजार २४२ पुगेको छ। यस्तै, १८ संक्रमितकाे मृत्यु भइसेकाे छ।
हाल जिल्लामा सक्रिय संक्रमित १ हजार ८८५ पुगेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।