काठमाडाैं- काेराेना संक्रमण रोकथाम र नियन्त्रणका लागि झापामा जारी निषेधाज्ञा जेठ २१ सम्म लम्बिएको छ।
जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ २१ गते मध्यराति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्ब्याएको हो।
बैठकले औषधि खरीद तथा उपचारका लागिबाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कन आग्रह गरेकाे छ। यस्तै, खाधान्न खरLदमा समस्या परेमा सम्बन्धित पालिका वा स्थानीय उद्योग वाणिज्य संघ वा स्थानीय प्रहरी ईकाईसँग समन्वय गरेर व्यवस्थापन गर्न सकिने जनाइएकाे छ।
नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दुरीको अनिवार्य पालना गर्न र हाट बजार, मेला, जात्रा, महोत्सव, पार्टी, भोजतगायत भिडभाड हुने कार्य नगर्न आग्रह गरिएकाे छ।
काेराेनाकाे लक्षण देखिएमा वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहको आइसुलेसन सेन्टरमा सम्पर्क राख्न आग्रह गरिएकाे छ।
यस्तै, होम डेलिभरीको व्यवस्था मिलाइएका सामानहरू व्यवसायीले बिहान ६ बजेदेखि ९ बजेसम्म स्थानीय तह वा उद्योग वाणिज्य संघको सहकार्यमा घर–घरमा पुर्याइने व्यवस्था गरिएकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।