काठमाडाैं- पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ।
गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माका अनुसार विभिन्न अस्पतालमा उपचाररत १७ जनाको मृत्यु भएको हो।
उनका अनुसार कास्कीमा ६, स्याङजा ४, नवलपरासी पूर्व ३, पर्वत २ तनहुँ १ र लमजुङमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।