काठमाडाैं- काेराेना संक्रमणबाट गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आईसीयू र भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित गरेको छ।
जसमा पिडियाट्रिक आईसीयूतर्फ ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, रंगेली, सुनसरी र सर्लाही अस्पताललाई तीन/तीन करोड रुपैयाँ सुनिश्चित गरिएको छ।
यस्तै, बारा, रामेछाप, दोलखा, रत्ननगर, भक्तपुर नगर, रसुवा, पर्वत, स्याङ्जा र म्यादी अस्पताललाई तीन/तीन करोड रुपैयाँ छुट्टाइएकाे छ। पाल्पा, रोल्पा, पृथ्बीचन्द्र, मुसीकोट, मुगु र मेहलकुना अस्पताललाई पनि तीन/तीन करोड रुपैयाँ सुनिश्चित गरिएको छ।
सेती प्रादेशिकलाई ६ करोड, गजेन्द्रनारायणलाई ९ करोड, तुल्सीपुरलाई ९ करोड र भक्तपुर अस्पताललाई १२ करोड रुपैयाँ सुनिश्चित गरिएको छ।
आईसीयू भेन्टिलेटरतर्फ धुलिखेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बनी प्रादेशिक अस्पताल तथा भीम अस्पताललाई १ करोड ८० लाख रुपैयाँका दरले सहमति दिइएको छ।
गजेन्द्रनारायण, भेरी, डडेलधुरा, नारायणी, कोशी अस्पताल, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर प्रादेशिक र सुर्खेत प्रदेश अस्पताललाई १ करोड २० लाख रुपैयाँका दरले स्रोत सुनिश्चित गरिएको छ।
कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताललाई तीन/तीन करोड रुपैयाँ सुनिश्चित गरिएको छ।
अर्थ मन्त्रालयले मेची र धौलागिरी अस्पताललाई ६० लाख रुपैयाँका दरले र सेती प्रादेशिक तथा महाकाली र भरतपुर अस्पताललाई २ करोड ४० लाख रुपैयाँका दरले स्रोत सुनिश्चित गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुरुप अर्थ मन्त्रालयले काेराेना रोकथाम, उपचार तथा नियन्त्रणका लागि बजेट सुनिश्चित गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।