फाइल तस्वीर
काठमाडाैं- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजारभन्दा बढी काेराेना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा गरिएकाे पीसीआर परीक्षणमा ७ हजार २२६ जना संक्रमणमुक्त भएका हुन्।
योसँगै संक्रमणमुक्त हुनेकाे संख्या ४ लाख १८ हजार ८२९ पुगेकाे छ।
यही अवधिमा पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा थप ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी २० हजार ४१४ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। पीसीआर परीक्षणबाट ६ हजार ७३१ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ५७८ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ।
यही अवधिमा १०६ काेराेना संक्रमितकाे मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ९५१ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।