काठमाडौं– विराटनगरका उद्योगी व्यापारीले निजीक्षेत्रलाई कोेरोना भाइरस विरुद्धको खोप आयात गर्ने अनुमति दिन माग गरेका छन्।
नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र विराट व्यापार संघले संयुक्त विज्ञप्ति जारी गरी खोप आयातको अनुमति दिन माग गरेका हुन्।
सरकारले पर्याप्त खोप ल्याउन नसकेको भन्दै उनीहरुले निजीक्षेत्रलाई आयात अनुमति दिन माग गरेका हुन्।
महामारी नियन्त्रण र अर्थतन्त्रमा परेको नकारात्मक प्रभावको अन्त्यका लागि खोप आयातको अनुमति निजीक्षेत्रलाई दिनुपर्ने उनीहरूको भनाइ छ ।
खोप आयातको अनुमति माग गर्दै चारवटै संस्थाले यसअघि नै प्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री र प्रदेश–१ का मुख्यमन्त्री समक्ष अनुरोधसमेत गरेका थिए।
यस अघि उद्योगमा काम गर्ने कर्मचारी र मजदुरहरूलाई खोपको व्यवस्था गर्न माग गरेका थिए । तर सरकारले खोपको सहज आपूर्ति गर्न नसकेको भन्दै आलोचना समेत गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।