काठमाडौं- कोरोना संक्रमित भई आर्मी अस्पतालमा उपचारत पूर्व नर्सिङ प्रशासक गीता गुरुङको निधन भएको छ। उनकाे बुधबार बिहान निधन भएकाे बताइएकाे छ।
परिवारका अन्य सदस्यलाई कोरोना संक्रमण भएपछि होम आइसोलेसन बसेकी गुरुङको स्वास्थ्यमा समस्या आएपछि २ दिन अघि आर्मी अस्पताल पुर्याइएको थियो। त्यहाँ पीसीआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएको बताइएको छ।
नेपाल सरकारबाट सेवा अवकाश पाएकी गुरुङले स्वास्थ्य मन्त्रालयकाे नर्सिङ महाशाखामा समेत काम गरेकी थिइन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।