• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

उच्च जोखिममा 'फ्रन्टलाइनर' प्रहरी : ११ जनाले गुमाए ज्यान, ८०० सक्रिय संक्रमित

64x64
नेपाल लाइभ बुधबार, जेठ १२, २०७८  १९:३२
1140x725

काठमाडौं- गत सोमबार नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलले कोरोना संक्रमणबाट ज्यान गुमाए। नेपाल प्रहरी अस्पतालमा करिब दुई सातादेखि उपचाररत डीएसपी खरेलको उपचारकै क्रममा निधन भएको थियो।

खरेलको मृत्यु भएको चार दिनअघि मात्रै महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत रहेका अर्का डीएसपी राजकुमार केसीको पनि कोरोनाकै कारण ज्यान गएको थियो। कोरोना संक्रमण भएपछि प्रहरी अस्पताल महाराजगञ्‍जमा भर्ना भएका डीएसपी केसीको जेठ ६ गते मृत्यु भएको थियो।

कोरोना भाइरस संक्रमणबाट ज्यान जाने नेपाल प्रहरीमा यी दुई जना अहिलेसम्मका उच्च अधिकारी हुन्। कोरोना महामारी नियन्त्रणका लागि 'फ्रन्टलाइन'मा खटिएका उनीहरु कोरोनासँग भने पराजित भए। यी दुई अधिकारीमात्रै होइनन्, कोरोनाको दोस्रो लहरमा पाँच जना प्रहरी कर्मचारीले ज्यान गुमाएको नेपाल प्रहरीका प्रवक्ता, एसएसपी वसन्त कुँवरले नेपाल लाइभलाई बताए।

उनीहरुजस्तै फ्रन्टलाइनमा खटिँदा-खटिँदै महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत प्रहरी सहायक निरीक्षक देवीबहादुर पुरीको वैशाख ३० गते कोरोनाकै कारण ज्यान गयो। २०५८ सालमा प्रहरी जवान पदमा सेवा प्रवेश गरेका पुरी २०७६ चैतमा असईमा बढुवा भएका थिए। कोरोना संक्रमणले च्यापेर गम्भीर भएपछि अस्पताल भर्ना भएका उनी पनि आफ्नो ड्युटीमा फर्कन सकेनन्।

यी तीनै जना प्रहरी अधिकृतले उपचारका क्रममा ज्यान गुमाए पनि काठमाडौं बाहिरका जिल्लामा कतिपय प्रहरीले संक्रमित भएपछि उपचार नै नपाएर मृत्युवरण गर्नुपपरेको अवस्था छ। जेठ १ गते प्रहरी चौकी चारपाल, गुल्मीमा कार्यरत असई शम्भुलाल दमाईको समयमा उपचार नपाएकै कारण मृत्यु भयो। वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएपछि चौकीकै 'सेल्फ आइसोलेन'मा बसेका उनलाई जेठ १ गते श्वासप्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल तम्घास पुर्‍याइए पनि उपचार नै गर्न नपाई डाक्टरले मृत घोषित गरेका थिए।

यसरी कोरोनाको दोस्रो लहर सुरु भएसँगै नेपाल प्रहरीका दुई डीएसपी, दुई असई र एक सिपाही गरी पाँच जनाको ज्यान गइसकेको छ। अघिल्लो पटकको कोरोना लहरमा भने सिपाही, हवल्दार गरेर छ जना प्रहरीको मृत्यु भएको प्रहरी प्रवक्ता कुँवर बताउँछन्।

अहिले पनि नेपाल प्रहरीमा कोरोनाको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। प्रवक्ता कुँवरका अनुसार दोस्रो लहरमा ११ सयभन्दा बढी प्रहरी अधिकारी संक्रमित भएका छन्। तीमध्ये ८०० जना भने सक्रिय संक्रमित रहेको र उनीहरु उपचाररत रहेको प्रवक्ता कुँवरले बताए। ३०० जना भने संक्रमणमुक्त भइसकेका छन्।

गम्भीर बिरामीलाई प्रहरी अस्पताल, अन्यलाई आइसोलेसनमा
प्रहरीमा कोरोना संक्रमण तीव्र फैलिएको र 'फ्रन्टलाइनर'हरु उच्च जोखिममा पर्न थालेपछि संक्रमितलाई राख्न प्रहरीले मुख्यगरी तीन ठाउँमा आइसोलेसन तयार गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रवक्ता कुँवरका अनुसार महानगरीय सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज, महानगरीय प्रहरी पहरा गण सामाखुसी र विपद् व्यवस्थापन महाशाखा सामाखुसीमा आइसोलेसन सेन्टर राखी उपचारको व्यवस्था गरिएको छ। सामान्य बिरामीहरुलाई यी आइसोलेन सेन्टरमा राखेर उपचार गर्ने गरेको उनले बताए। गम्भीर बिरामीका लागि भने प्रहरी अस्पतालमा भर्ना गरी उपचारको व्यवस्था गरिएको छ।

प्रहरीमा संक्रमण बढेपछि अस्पतालको सेवा विस्तार
प्रहरीमा संक्रमणको दर बढ्न थालेपछि नेपाल प्रहरी अस्पतालको सेवासमेत विस्तार गरिएको प्रवक्ता कुँवरले बताए। प्रहरी अस्पतालमा पहिला १५० वटा बेड रहेकामा अहिले लेवल-२ मा स्तरोन्नति गरी १५० वटा बेड थप गरिएको उनले बताए। योसँगै अहिले प्रहरी अस्पतालमा ३०० बेड उपलब्ध छन्। तीमध्ये कोभिडका लागि भने २६४ बेड छुट्याइएको छ। बाँकी ३६ बेडमा भने ननकोभिड बिरामीको उपचार हुने गरेको छ।

कोभिडतर्फको २६४ मध्ये १५४ साधारण, ८० एचडीयू (हाई डिपेन्डेन्सी युनिट) र भेन्टिलेटरसहितका २० तथा भेन्टिलेटरबाहेकका १० गरी ३० आईसीयू बेड रहेका छन्।

अस्पतालको समग्र व्यवस्थापन, बिरामीमैत्री वातावरण, गुनासो सम्बोधनसमेतका लागि प्रशासनतर्फका एसएसपीको कमाण्डमा ३० जना र सरसफाइसमेतका पाँच जना गरी ३५ जना जनशक्ति थप गरिएको एसएसपी कुँवरले बताए। सेवा विस्तारसँगै जनशक्ति आवश्यक रहेकाले ५० जना नर्स थप गरी सेवा दिइएको अस्पतालले जनाएको छ। त्यसैगरी कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि अस्पतालका ८६ जना प्रहरी कर्मचारीले कोभिड-१९ युनिफाइड कमाण्ड अस्पताल बलम्बुबाट तालिम लिइसकेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जेठ १० गतेसम्म तीन हजार १४१ जना कोरोना संक्रमित नि:शुल्क उपचारपछि घर फर्किएको प्रहरी अस्पतालको तथ्यांक छ। हालसम्म उपचाररतमध्ये ९२ प्रतिशत प्रहरी कर्मचारी, पूर्वप्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवारले सेवा लिएको प्रहरी अस्पतालका प्रवक्ता, एसएसपी सञ्‍जयविक्रम श्रेष्ठले बताए। बाँकी आठ प्रतिशत सर्वसाधारणको उपचार भएका छन्।

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १९:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्