काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले खाडिचौरको सिन्धु सदावहार अस्पताललाई अक्सिजनसहितको २५ बेड सहयोग गरेका छन्।
सिन्धुपाल्चोकमा १ महिनाभित्र १ सय बेडको कोभिड अस्पताल सञ्चालन गर्ने प्रतिबद्धताअनुसार बस्नेतले सिन्धु सदावहारमा अस्पतालमा २५ बेड सञ्चालन गरेका हुन्।
त्यसैगरी नेता बस्नेतले भोटेकोशी गाउँपालिकाको चाकुमा ५ बडेको कोभिड उपचार सेवा केन्द्र सञ्चालनमा ल्याएका हुन्। कोभिड उपचार सेवा केन्द्र सञ्चालनका लागि बेडसहित अक्सिजनको व्यवस्था गरिएको उनले बताए।
तत्कालका लागि सिन्धु सदावहारकै स्वास्थ्यकर्मीबाट कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याए पनि आवश्यकता अनुसार चिकित्सकको समेत व्यवस्था गर्ने बस्नेतले बताए।
जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रमा गरी एक सय अक्सिजनसहितको बेड प्रदान गर्ने कार्यलाई निरन्तरता दिइरहेको उनको भनाइ छ।
पहिलो चरणका हस्पिटललाई सहयोग गरेपछि दास्रो चरणमा एक सय शय्याको अश्स्पताल निर्माणमा लागिने बताउँदे उनले यसका लागि स्थान छनोट भइसकेको समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।