प्रतिकात्मक तस्वीर
काठमाडौं– काठमाडौं उपत्यकाका ३ जिल्लामा अब निषेधाज्ञाको समयमा मर्निङ र इभिनिङ वाक गर्न नपाइने भएको छ।
जेठ २० गतेसम्मका लागि थपिएको निषेधाज्ञाको अवधिमा मर्निङ र इभिनिङ वाक बन्द गरिने भएको छ।
अब अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको कामका लागि मात्रै बाहिर हिँडडुल गर्न पाइने भएको छ।
निषेधाज्ञाको उल्लंघन गरी अनावश्यक रुपमा हिँडडुल गरेको पाइएमा कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ।
कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कसैले निषेधाज्ञाको उल्लंघन गरी आवतजावत गरेको पाइएमा पटकेपिच्छे २ सय रुपैयाँसम्म जरिवाना हुने पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।