काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ६१३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा एक हजार ८६३ जना संक्रमित थपिएका छन्।
यस्तै, भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ जना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार काठमाडौंमा १६ हजार ३३८, भक्तपुरमा ४ हजार ९५३ र ललितपुरमा ७ हजार १५२ जना सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।