काठमाडाैं- सरकारले कोरोना संक्रमित बिरामी उपचारका लागि स्वास्थ्यकर्मी माग गरेको छ। आईसीएस कमाण्ड सिस्टमको बैठकले कोभिड डेडिकेटेड अस्पतालमा निश्चित समय काम गर्नका लागि स्वास्थ्यकर्मी माग गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साेमबार एक सूचना जारी गर्दै इच्छुक डाक्टर, नर्सलाई आवेदन दिन आग्रह गरेको छ।
स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले एमडी इन्टरनल मेडिसिन, क्रिटिकल केयर स्पेसलिष्ट, एनेसथेसियोलोजिष्ट, मेडिकल अफिसर र स्टाफ नर्सलाई स्वास्थ्यकर्मीको पुलमा समावेश गरिनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।