काठमाडाैं- स्याङजाको वालिङ नगरपालिकाले कोभिड-१९ विरुद्धको खोप खरिद गर्ने अनुमति दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरेको छ।
सोमबार मन्त्रालयलाई पत्राचार गर्दै नगरपालिकाले नगरवासीका लागि खोप उपलब्ध गराउन माग गर्दै उपलब्ध गराउन नसके आफ्नै खर्चमा मापदण्डअनुसारको खोप खरिदका लागि अनुमति दिन माग गरेको हो।
'हाल महामारीको रुप लिइएको कोभिड-१९ न्यु भेरियन्ट अत्यधिक फैलिएको हुँदा यस रोगको रोकथामको विकल्पमध्ये एक भ्याक्सिन भएको हुँदा यस वालिङ नगरपालिकाका नागरिकहरुबाट उक्त भ्याक्सिनको धेरै मात्रामा माग भएकोले भ्याक्सिन उपलब्ध गराइदिनुहुन अनुरोध साथै तहाँबाट उपलब्ध गराउन नसकेमा यस नगरपालिकाले आफ्नै खर्चमा मापदण्डअनुसार खरिद गर्ने गरी कोभिड भ्याक्सिन बाहिरबाट खरिद गर्नका लागि अनुमति दिनुहुन अनुरोध छ,' नगरप्रमुख दिलीपप्रताप खाँणले मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ।
यसअघि आइतबार पाल्पाको रामपुर नगरपालिकाले खोप खरिद गर्ने अनुमति माग्दै स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।