काठमाडाैं- पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप २० जनाको मृत्यु भएको छ। प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माका अनुसार विभिन्न अस्पतालहरुमा उपचारका क्रममा संक्रमितको मृत्यु भएको हाे।
मृत्यु हुनेमा स्याङजामा ६,बागलुङ ४, पर्वत ४, कास्की ३, तनहुँमा २ र मुस्ताङमा एक जना रहेका छन्। मुस्ताङ थसाङ ५की ५३ बर्षीय महिलाको पोखरास्थित संक्रामक तथा सरुवा रोग अस्पतालमा मृत्यु भएको छ।
पोखरा १३ की ४६ बर्षीय महिला पनि उपचारकै क्रममा मृत्यु भएकाे छ। यता, रुपन्देहीको बुटवल ७ का ४२ बर्षीय पुरुष र बुटवल १७ का ४६ बर्षीय पुरुषकाे पनि उपचारकै क्रममा मृत्यु भएकाे छ।
तनहुँ बन्दीपुर १ का ५३ बर्षीय पुरुष र तनहुँ शुक्लागण्डका ७ का ३३ वर्षीय पुरुषकाे पोखरामा उपचारका क्रममा मृत्यु भएको छ।
बागलुङ जिल्लाको बागलुङ नगरपालिका ४ की ५१ वर्षीय महिला,बागलुङ काठेखोला ७ की ८० वर्षीय महिला र बागलुङ ६ का ५१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
त्यसैगरी काठेखोला ८ का ५९ वर्षीय पुरुष, स्याङजा वालिङ ६ की ४२ वर्षीय महिला, विरुवा ४ का ३० वर्षीय पुरुष र भिरकोट २ का ४४ वर्षीय पुरुषकाे पनि मृत्यु भएकाे छ।
पुतलिबजार ६ का ६७ वर्षीय पुरुष,वालिङ ६ की ५४ वर्षीय महिला,गल्याङ ११ का ४५ वर्षीय पुरुषकाे मृत्यु भएकाे छ।
त्यस्तै, पर्वत जिल्लाको मोदी ८ की ५९ वर्षीय महिला,कुश्मा ३ का ५३ वर्षीय पुरुष, महाशिला ५ का ६९ वर्षीय पुरुष र जलजला २ का ६४ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५५१ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।