फाइल तस्वीर
काठमाडौं- पछिल्लाे २४ घण्टामा देशभर साढे ७ हजार कोरोना संक्रमित निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७ हजार ६६४ जना संक्रमणमुक्त भएका हुन्।
याेसँगै संक्रमणमुक्त हुनेकाेसंख्या ३ लाख ९१ हजार ३४८ पुगेकाे छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९१४ जनामा संक्रमण भेटिएको छ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पीसीआर र ९३१ जनाको एन्टीजेन परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएकाे हाे।
यही अवधिमा थप १९३ जना संक्रमितको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।