काठमाडाैं- गण्डकी प्रदेशमा पछिल्लाे २४ घण्टामा थप ५२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माका अनुसार मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लाहरुमा गरिएको परिक्षणमा ५२३ जनामा संक्रमण पुष्टि भएकाे हाे।
उनका अनुसार संक्रमण पुष्टि भएकामध्ये पुरुष २६६ र महिला २५७ जना रहेका छन्।
आज कास्कीमा ५१, नवलपरासी पूर्व १३८, म्याग्दी १०४,स्याङजा ८० र बागलुङ ६ जनामा संक्रमण पुष्टि भएकाे छ।
यता, तनहुँका ५६, गोरखा ५५, लमजुङ ३२ जना र पर्वतमा १ जनामा संक्रमण पुष्टी भएको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३३ हजार ६३६ जना पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।