काठमाडाैं- गण्डकी प्रदेशमा पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ।
प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माका अनुसार विभिन्न अस्पतालहरुमा उपचाररत प्रदेशका ५ जिल्लाका २१ जनाको मृत्यु भएको हो।
उनकाअनुसार कास्कीमा १२, स्याङजा ६, तनहुँ १, पर्वत १ र म्याग्दीमा १ जनाको मृत्यु भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ५१४ जनाको मृत्यु भएको छ।
पोखरास्थित फेवासिटी अस्पतालमा उपचारका क्रममा रुपन्देहीको बुटवल ३ का ४८ वर्षीय पुरुषको मृत्यु भएको छ।
पोखरा ९ की ८५ वर्षीय महिला, पोखरा ४ की ८३ वर्षीय महिला, पोखरा १ की ३० वर्षीय महिला,पोखरा १४ की ७० वर्षीय महिला, पोखरा ६ की ६८ वर्षीय महिला, पोखरा १० की ६१ वर्षीय महिला, पोखरा १७ का ३४ वर्षीय पुरुष,पोखरा २ का ५४ वर्षीय पुरुष, पोखरा २५ का ४० वर्षीय पुरुष, पोखरा ३२ का ६४ वर्षीय पुरुषकाे मृत्यु भएकाे छ।
त्यसैगरी स्याङजा हरिनास १ की ९३ वर्षीय महिला, स्याङजा पुतलीबजार १ की ७२ वर्षीय महिला, बिरुवा ७ की ६० वर्षीय महिला, वालिङ ९ का ५६ वर्षीय पुरुष, पुतलीबजार १४ का ५३ वर्षीय पुरुष, स्याङजाकै हरिनास २ का ६७ वर्षीय पुरुषको मृत्यु भएको छ।
पर्वत जलजला ४ का ३९ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ।
म्याग्दीको बेनी नगरपालिका ८ की ५८ वर्षीय महिलाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
त्यसैगरी तनहुँको घिरिङ ३ का ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।