काठमाडाैं- नेपालमा पछिल्लो २४ घण्टामा एक सयभन्दा धेरै कोरोना संक्रमितकाे मृत्यु भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा उपचाररत १२९ संक्रमितकाे मृत्यु भएकाे हाे।
यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ।
यही अवधिमा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा ५ लाख ५ हजार ६ सय ४३ संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गरेकामध्ये ८ हजार ५९१ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै ३८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।