फाइल तस्वीर
काठमाडाैं- नेपालमा पछिल्लो २४ घण्टामा करिब ९ हजार जना कोरोना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा उपचाररत ८ हजार ८ सय ४८ जना काेराेना संक्रमणमुक्त भएका हुन्।
याेसँगै काेराेना संक्रमणमुक्त हुनेकाे संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेकाे छ।
यस अवधिमा १२९ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।