काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ३१८ कोरोना संक्रमित थपिएका छन्।
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी दुई हजार ३१८ जनामा संक्रमण पुष्टि भएकाे हाे।
थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका एक हजार ८११ सय रहेका छन्। यस्तै, भक्तपुरमा १७९ र ललितपुरमा ३२८ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण भई दुई हजार २२७ जना अस्पताल भर्ना भएका छन्। जसमध्ये एक हजार ७४३ जना जनरल र एचडीयू बेडमा छन् भने ४८४ जना आईसीयूमा उपचाररत छन्।
आईसीयूमा उपचाररतमध्ये १९३ जना भेन्टिलेटरमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।