• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

टेकु, वीर र टिचिङ : काठमाडौंका प्रमुख तीन अस्पतालमा कस्तो छ कोरोना संक्रमितको चाप?

रिता लम्साल शुक्रबार, जेठ ७, २०७८  २२:१८
1140x725

काठमाडौं– ‘तपाईलाई के समस्या भयो?’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ओपिडी बाहिरै डेस्कमा बसेकी एक नर्सले लाइनमा उभिएका बिरामीलाई सोधिन्।

‘म कोरोना पोजिटिभ हो, आज बोलाउनु भएको थियो। त्यसैले आएको हो।’ बिरामीले जवाफ दिए।

नर्सले उनको औंलामा पल्स अक्सिमिटर राख्दै सोधिन्, ‘केही समस्या छ कि छैन?’

‘अहिले त खासै केही समस्या भएको छैन’ ती बिरामीले भने।

अक्सिमिटरमा अक्सिजन स्याचुरेसन हेर्दै नर्सले भनिन्, ‘अक्सिजनको मात्रा नर्मल छ, यो कागज लिनुस् एकपटक एक्सरे गरेर हेर्नुपर्छ है।’ 

ती बिरामीको पछाडी पालो कुरिरहेका अन्य बिरामीहरु पनि थिए। ड्युटीमा रहेकी नर्सले सबैलाई पालैपालो उनीहरुको समस्या सोधिन् र सोही अनुसार परामर्श तथा उपचार प्रक्रिया पनि बताइन्।

No description available.

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमितका लागि दैनिक ओपिडी सेवा पनि सञ्चालन हुने गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

होम आइसोलेसनमा रहेका कोरोना संक्रमित तथा अस्पतालबाट डिस्चार्ज भइसकेर चिकित्सकले फलोअपमा बोलाएका बिरामीहरु ओपिडीमा स्वास्थ्य जाँचका लागि आएका थिए।

अस्पतालको ओपिडी भन्दा अलि पर आकस्मिक कक्षको बाहिरका कुर्सी र म्याटहरु शुक्रबार भने खाली थियो। केही दिनअघि त्यहाँ अक्सिजन सपोर्टमा म्याटमा तथा कुर्सीमा रहेका बिरामीको चाप थियो।

अस्पताल भित्र र जस्ताको टहरामा रहेको नयाँ बेडहरुमा भने बिरामीहरु अक्सिजन सपोर्टमा उपचाररत थिए।

आकस्मिक कक्ष बाहिर एम्बुलेन्समा नयाँ बिरामीहरु पनि आइरहेका थिए। एम्बुलेन्समा आएका बिरामीहरुले अन्य दिनमा जस्तो ‘होल्ड’मा बस्नुपर्ने अवस्था थिएन। चिकित्सकहरुले उनीहरुको स्वास्थ्य समस्या सुन्दै आकस्मिक कक्षभित्र लैजादै थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘अस्पतालमा बिरामीको चाप कम भएको हो?’ हामीले अस्पतालका निर्देशक डा सागर राजभण्डारीलाई प्रश्न गर्‍यौं।

‘तीन–चार दिनदेखि बिरामीको संख्या केही घट्दै गइरहेको छ, तर हामीसँग भएका बेडहरु खाली भने भइसकेको छैन,’ डा राजभण्डारीले भने, ‘हामीले बाध्यताले बाहिर नै बिरामी राखेका थियौं, त्यो संख्यामा भने कमी आएको छ।

डा राजभण्डारीले कोरोना संक्रमणको सुरुवाती अवस्थादेखि नै अस्पतालले कोरोना संक्रमितका लागि ओपिडी सेवा सञ्चालन गरिरहेको बताए।

उनले नयाँ आउने बिरामीलाई उनीहरुको अवस्था तथा लक्षणको आधारमा परामर्श तथा उपचार सेवा प्रदान गरिएको जानकारी दिए।

यस्तै, फलोअपमा आउने बिरामीलाई मनोपरामर्श तथा उपचार सेवा दिइरहेको बताए।

डा राजभण्डारीले अहिले घरमै रहेका कोरोना संक्रमितहरु गम्भीर अवस्थामा अस्पतालमा आउने क्रम  भने बढेको सुनाए।

‘अहिले ज्वरो, रुघाखोकी लाग्दा बिरामीहरु टेष्ट पनि नगर्ने र घरमै औषधि ल्याएर खाने र अन्तिम अवस्थामा मात्रै अस्पतालमा आउने क्रम पनि बढेको छ,’ डा राजभण्डारीले भने, ‘स्वास्थ्य अवस्था नाजुक भइसकेपछि मात्र अस्पतालमा ल्याउँदा उनीहरुलाई अस्पतालभित्र लैजान नपाउदै मृत्यु भइरहेको छ।’

डा राजभण्डारीले शुक्रबार बिहान मात्र २ जना बिरामीको अस्पतालमा आइपुग्ने बित्तिकै मृत्यु भएको बताए।

कतिपय कोरोना संक्रमित उपचार शुल्क महंगो हुने र बेड तथा अक्सिजन नपाइने डरले अस्पताल नआइरहेको हुनसक्ने भन्दै डा राजभण्डारीले कोरोना संक्रमितको उपचार निःशुल्क भइरहेको जानकारी दिए।

‘कुनै पनि संक्रमित घरमै छन्, ७ दिनभन्दा पनि बढी ज्वरो आयो, वान्ता भयो, जलवियोजन भयो भने अस्पतालमा आइहाल्नुस्,’ डा राजभण्डारीले भने, ‘सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क गरेको छ, हामीले कुनै पनि बिरामीलाई फर्काएका छैनौं।’ 

सरुवा रोग अस्पतालमा जस्तै वीर अस्पतालको आकस्मिक सेवा कक्षमा पनि बिरामीको चाप केही कम भएको छ। 

केही दिनअघिसम्म आकस्मिक कक्षमा बेड नहुँदा एम्बुलेन्सबाट बिरामी नै नओराली अर्को अस्पतालमा पठाउने गरेको वीर अस्पतालले अहिले एम्बुलेन्सबाट बिरामीहरु आकस्मिक कक्षमा लगिरहेको देखियो।

No description available.

सरकारले कोरोना संक्रमितका लागि ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। सोही अनुसार अस्पतालले सेवा दिन सुरु गरेको वीर अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा अच्यूत कार्कीले जानकारी दिए। अस्पतालको आकस्मिक सेवा विभागमै सबै किसिमका कोरोना संक्रमितलाई उपचार तथा परामर्श दिने गरिएको उनले बताए।

आकस्मिक सेवामा खटिएका डा अशोक कार्कीले दुईदिनदेखि बिरामीको चाप कम भएको बताए।

‘तीनदिन अघि त एउटै बेडमा २,३ जना बिरामी राखेर पनि उपचार गर्नुपर्ने अवस्था थियो, जसले गर्दा अक्सिजन फ्लो कम भएर आकस्मिकमै बिरामीको मृत्यु हुने गरेको थियो,’ उनले भने,  ‘हिजो, आज बिरामीको फ्लो अलिअलि कम छ, बिरामी कम नै भइसकेका त छैनन्, एउटा बेडमा २,३ जना राखेर उपचार गर्नुपर्ने अवस्था भने अहिले छैन, एउटा बेडमा एउटा बिरामी नै राखिएको छ तर सबै बेडमा बिरामी छन्।’

अस्पतालमा आउने सबै किसिमका कोरोना संक्रमितलाई उनीहरुको स्वास्थ्य अवस्थाको आधारमा उपचार तथा परामर्श आकस्मिक सेवा विभागबाटै दिने गरेको उनले सुनाए।

‘यहाँ अहिले सामान्यदेखि जटिल खालका कोरोना संक्रमितहरु आइरहेका हुन्छन्, सामान्य अवस्थाका बिरामीलाई आवश्यक परामर्श र औषधि दिएर घर पठाउछौं,’ डा कार्कीले भने, ‘अक्सिजन लेबल कम भएका गम्भीर अवस्थाका बिरामीलाई भर्ना गर्ने गरेका छौं।’

केही साता अघि कोरोना संक्रमितले भरिभराउ देखिएको त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष तथा कोरोना संक्रमितका लागि छुट्याइएका भवन परिसर शुक्रबार भने सामान्य थियो । वार्डहरुमा भने बेड खाली थिएनन् । कोरोना संक्रमितहरुको उपचार भइरहको थियो।

बिरामीको चाप धान्न मुस्किल परेको टिचिङ अस्पतालमा पनि अहिले अस्पतालको सिढींमै बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता भने छैन।

अस्पतालका छाती रोग विशेषज्ञ डा निरज बमका अनुसार अस्पतालमा डिस्चार्ज हुने बिरामीको संख्या पनि बढ्न थालेकाले नयाँ आउने बिरामीलाई प्यासेजमै राखेर उपचार गर्नुपर्ने अवस्था छैन।

‘सुरुमा सुनामीको लहर जसरी कोरोना संक्रमण देखियोे, बिरामीहरु अस्पतालमा आउने क्रम मात्र भयो, डिस्चार्ज भइहाल्ने अवस्था थिएन,’ डा बमले भने, ‘अहिले बिरामी डिस्चार्ज हुन थाले, त्यसैले पनि अलिकति सहज भएको छ, बिरामीलाई प्यासेजमै राख्नुपर्ने बाध्यता छैन।’

उनले अस्पतालहरुले शय्या थप गरि क्षमता बढाउदै लगेको र लकडाउनको असरले गर्दा पनि संक्रमितको संख्या स्थिर रहेको बताए। उनले दैनिक ३० देखि ४० जना नयाँ बिरामी थपिने र सोही संख्यामा बिरामीहरु डिस्चार्ज हुने क्रम चलिरहेको जानकारी दिए।

तर, आइसीयू र भेन्टिलेटर आवश्यक पर्ने बिरामीका लागि भने अझै बेड अभाव नै भएको डा बमको भनाइ छ।

‘आइसीयू तथा भेन्टिलेटर खोज्ने बिरामीको चाप भने कम भएको छैन,’ डा बमले भने, ‘अझै पनि शय्या सहज नै भइसकेको छैन, विषेशगरी आइसीयू र भेन्टिलेटरको त  देशभरि नै अभावकै अवस्था छ।’

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  २२:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्