काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार २२६ जनामा गरिएको परीक्षणमा ८ हजार ६०७ जना संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार २२ हजार ३५३ जनाको पीसीआर र ८७३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो। यसमध्ये पीसीआर विधिबाट ८ हजार ४०७ र एन्टिजेन विधिबाट २०० संक्रमित थपिएका हुन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ।
प्रदेश १ को इलाममा आज ६, उदयपुरमा ८, ओखलढुंगामा २, खोटाङमा ३४, झापामा २३६, ताप्लेजुङमा ५२, तेह्रथुममा २७, धनकुटामा १३, पाँचथरमा २५, भोजपुरमा २, मोरङमा ६३९, संखुवासभामा ९, सुनसरीमा १९३ र सोलुखुम्बुमा १२ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धनुषामा १३८, पर्सा ४०, बारामा २९, महोत्तरीमा ११३, रौतहटमा ३५, सप्तरीमा ५२, सर्लाहीमा १६ र सिरहामा ६२ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ७ सय ५२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ३०८, चितवनमा २३३, दोलखामा ९९, धादिङमा ७६, नुवाकोटमा ९७, भक्तपुरमा २९५, मकवानपुरमा १११, रसुवामा ४२, रामेछापमा ११, ललितपुरमा ४००, सिन्धुपाल्चोकमा २३१ र सिन्धुलीमा ४८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २८२, गोरखामा ११२, तनहुँमा ७८, नवलपरासी पूर्वमा १०२, पर्वतमा ४५, मुस्ताङमा १, म्याग्दीमा ४९, लमजुङमा ४९, बागलुङमा ५ र स्याङजामा ३२ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १३, कपिलवस्तुमा २२, गुल्मीमा ३९, दाङमा १८६, नवलपरासीमा ३५, पाल्पामा ३०, प्युठानमा ३, बर्दियामा ६, बाँकेमा ५३, रुकुम पूर्वमा १, रुपन्देहीमा ६७२ र रोल्पामा ३६ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ९, जाजरकोटमा ३१, जुम्लामा ९, डोल्पामा १, दैलेखमा ३४, रुकुम पश्चिमा ४, सल्यानमा ३ र सुर्खेतमा १७९ जनामा कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा १३५, कञ्चनपुरमा ९६, कैलालीमा ४१९, डडेल्धुरामा १२, डोटीमा ३०, दार्चुलामा १५, बाजुरामा १, बाजुरामा १ र बैतडीमा १३१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।