फाइल तस्वीर
काठमाडाैं- गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप एक हजार ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेशका मुस्ताङ र मनाङबाहेका ९ जिल्लामा २ हजार ६७ जनामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा एक हजार ५३ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माले जानकारी दिए।
उनका अनुसार कास्कीका ३८३, तनहुँ ५४, गोरखा ९८, लमजुङ ३६, नवलपुर ७४ र स्याङजामा ३२ संक्रमित थपिएका छन्।
यता, पर्वतमा ६५, बाग्लुङ २०४ जना र म्याग्दीमा १०७ जनामा संक्रमण पुष्टि भएकाे छ। योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३३ हजार ११३ पुगेको छ।
पछिल्लो २४ घण्टामा गण्डकी एक हजार ३९६ जना संक्रमणमुक्त भएका छन्। योसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २२ हजार ७९४ पुगेको छ।
गण्डकीमा पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ। गण्डकीमा कोरोना संक्रमणबाट ४९३ को मृत्यु भइसकेकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।