फाइल तस्वीर
काठमाडाैं- नेपालमा पछिल्लो २४ घण्टामा १७७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा १७७ जनाले ज्यान गुमाएका हुन्।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको छ।
यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार २२ हजार ३५३ जनाको पीसीआर र ८७३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो। यसमध्ये पीसीआर विधिबाट ८ हजार ४०७ र एन्टिजेन विधिबाट २०० संक्रमित थपिएका हुन्।
सोही अवधिमा ७ हजार ८९० जना संक्रमित निको भएका छन्। यससँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख ७४ हजार ८३६ जना पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।