काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ४४७ कोरोना संक्रमित थपिएका छन्।
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी दुई हजार ४७४ जनामा संक्रमण पुष्टि भएकाे हाे।
थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका एक हजार ७५२ सय रहेका छन्। यस्तै, भक्तपुरमा २९५ र ललितपुरमा ४०० संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार उपत्यकामा अहिले ३३ हजार ९१३ जना सक्रिय संक्रमित छन्।
जसमध्ये काठमाडौंमा मात्रै २२ हजार १९३, ललितपुरमा ६ हजार ८५६ र भक्तपुरमा ४ हजार ८६४ जना छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।