काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार २२६ जनामा गरिएको परीक्षणमा ८ हजार ६०७ जना संक्रमित थपिएका हुन्।
सोही अवधिमा ७ हजार ८९० जना संक्रमित निको भएका छन्।
मन्त्रालयका अनुसार २२ हजार ३५३ जनाको पीसीआर र ८७३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो।
यसमध्ये पीसीआर विधिबाट ८ हजार ४०७ र एन्टिजेन विधिबाट २०० संक्रमित थपिएका हुन्।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ। यसमध्ये ३ लाख ७४ हजार ८३६ जना कोरोनामुक्त भएका छन्।
हाल देशमा सक्रिय संक्रमितको संख्या एक लाख १६ हजार १९२ छ। नेपालमा हालसम्म कोरोनाबाट ६ हजार २४ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।