काठमाडाैं– कोभिड–१९ को संक्रमण भएका हेलम्बु गाउँपालिकाका अध्यक्षलगायत व्यक्ति निको भएका छन्। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, बैंकका कर्मचारी र गाउँपालिकाका कर्मचारीसहित अन्य १८ जना संक्रमित भएका थिए।
कोरोनासँग मिल्दोजुल्दो लक्ष्यण भएका ३९ जनाको स्वाब परिक्षणको लागि पठाइएकोमा १८ जनाको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञोनेन्द्र सिग्देलले जानकारी दिए। अहिले हेलम्बुमा कोरोना संक्रमितको संख्या ६ रहेको छ।
हेलम्बु गाउँपालिका वडा नम्बर २ का ३ जान वडा नम्बर ३को १ जना, वडा नम्बर ४ को १ जना र ६ नम्बर वडाको १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। साथै, गाउँपालिकाले निषेधाज्ञालाई थप कडाइ गर्ने जनाएको छ। निषेधाज्ञाकै समयमा पनि इमरजेन्सी स्वास्थ्य सेवा सुचारु भइरहेको भन्दै कोही कसैलाई स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या, जिज्ञासा भएमा नजिकैको स्वास्थ्य संस्था वा गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न गाउँपालिकाले अनुरोध गरेको छ।
साथै, गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुमा निषेधाज्ञाको पूर्ण पालना भइरहेको बताएक छन्। उनले यो विषम परिस्थितिमा गाउँपालिकाको अनुरोधलाई पालना गरिदिनु भएकोमा सबै गाउँपालिका बासीमा धन्यवादसमेत दिएका छन्।
अध्यक्ष शेर्पाले आफूल कोरोना जितिसकेको भन्दै अब गाउँपालिकाकाे काममा खटिने बताए। उनले आफ्ना नागरिकमा कुनै समस्या भए तुरुन्त गाउँपालिकामा खबर गर्न समेत आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।